कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

बुटवल । कपिलवस्तुमा ८ महिने शिशुसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार यशोधरा गाउँपालिका-७ का मात्र २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यशोधरा- ७ का ८ महिने बालकमा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै महाराजगञ्ज नगरपालिकामा १५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए । शुक्रबारको रिपोर्टसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

कपिलवस्तुका १० स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यहाँमात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको छ । यशोधरापछि महाराजगञ्ज नगरपालिकाका ६५ जना, मायादेवी गाउँपालिकाका ५४ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिका (चन्द्रौटा) मा ४८ जना, शुद्धोधन गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तु नगरपालिका (तौलिहवा) मा २८ जना, बुद्धभूमि नगरपालिकामा २५ जना, बाणगंगा नगरपालिकामा २२ जना र विजयनगर गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड-१९ फोकल पर्सन थापाका अनुसार जिल्लाका १२ सय जना भन्दा बढीको प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुमा हालसम्म ५ हजार ९ सय जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved