भारतबाट आएका ५१ जना ताप्लेजुङ आइपुगे

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

माला पालुंवा,ताप्लेजुङ । भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि गएका ताप्लेजुङका ५१ जना गृह जिल्ला आईपुगेका छन् । विभिन्न नाका हुँदै सुनसरी पुगेका उनिहरु आज शुक्रबार दुई वटा बसमा सदरमुकाम फुङलिङमा आईपुगेका हुन् ।

जिल्ला आइपुगेका उनिहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित क्वारेन्टिनमा राखिएको थियो । उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पछि गृहजिल्ला पठाईएको थियो । उनिहरुलाई ताप्लेजुङ प्रवेश अघि पाँचथर ताप्लेजुङको सिमाना काबेली स्थित हेल्थ डेक्समा समेत सामान्य स्वास्थ्य परिक्षण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

सदरमुकाम आईपुगे पछि उनिहरु सबै जना आ–आफ्नो गाउँ तर्फ गएका छन् । गाउँ र्फकिएकाहरुलाई गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा वा नभए घरैमा सुरक्षित बस्न आग्रह गरिएको समेत प्रमुख निरौलाले जानकारी दिए । फर्किएका ५१ मध्ये सबै भन्दा बढि फक्ताङलुङ गाउँपालि
काका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved