बेरोजगार युवाकालागी सुबर्ण अवसर

  • जेठ २४, २०७७
  • कालापानी मिडिया
alt

नेपालमा राइड सेयरिङ सर्भिसको सुरुवात भएको धेरै समय नभयता पनि सुलभ र सुरछित सेवा दिने कम्पनीहरुको होड बाजीनै चलेको छ । हाल नेपाल मा सन्चालित राइड सेयरिङ सर्भिस टूटल,पठावो,सुपर एप,सरर,सारथी,टाक्सीमान्डु यी चलेका एप हरुका साथैअन्य धेरै यस्ता एप हरु पनि छन् जसले उपत्यका केन्द्रित सेव हरु दिदै आइरहेका सबै लाई जानकारीनै छ ।
यसै भिडमा अर्को एप सार्बजनिक भयको छ “लौ जाऔं” अर्थात “लु जुम” लकडाउन खुल्नासाथ सर्भिस दिने तयारीमा रहेको लुजुम कम्युट सर्भिसेस प्रा. लिले जनाएको छ । अन्य कम्पनीहरुले दिन नसकेको सेवा सुबिधा जन गुनासो लाई मध्य नजर गर्दै यात्री र पार्टनरको सुरक्षाको लागि कम्पनिमा आबद्ध रहेका सम्पूर्ण सवारीको सुरक्षा कोषको व्यवस्था गरेर कथम कथाचित कुनै दुर्घटना घट्न गयको खण्डमा पनि यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत गर्ने भयको छ ।
तेस्तै “लु जुम एप ” प्रयोग गरी यात्रा गर्ने हरुका लागि बिशेस अफर पनि दिने भएको छ सबैभन्दा पहिला एप पर्योग गरि यात्रागर्ने ५% यात्रीहरुको लागि ५ वर्षका लागि मासिक रूपमा केही निशुल्क यात्रा गर्ने अबसर दिनुका साथै हरेक ६/६ महिनामा यात्रीहरूकोनाम समीक्षा गरि यो सेवा लाई निरन्तरता दिने भएको छ । साथै लुजुमको सवारी सेवा प्रयोग गरी विश्वव्यापी पर्यटकिय गन्तव्यहरूको भ्रमण गर्ने अवसर पनि प्रत्येक महिना एक यात्री वा पार्टनरले पाउने लुजुमका कार्यकारी निर्देशक प्रतीक सुब्बाले जानकारी गराएका छन । लुजुममार्फत सवारी गर्दा तपाईंलाई विशेष कोड प्राप्त हुनेछ जसको सहायताले तपाईंले विश्वभरका विभिन्न पर्यटकिय गन्तव्यहरूको लागि दोहोरो टिकट जित्ने भाग्य साली बेक्ती बन्नु हुनेछ ।
महिला यात्रीहरुको गुनासो लाई मध्य नजर गर्दै पुरुस तथा महिला चालक छनोट गर्ने सुबिधा दिने भएको छ सवारी निश्चित गर्नु अघिनै तपाईंले पार्टनर चयन गर्न सक्नुहुनेछ । छनोट गर्दा महिला यात्रीलाई सम्भवित हदसम्म महिला पार्टनर नै प्रेषण गर्ने प्रतिबद्धता लुजुमले गरेकोछ ।
लुजुमले अफलाइन सेवा पनि दिने भएको छ यात्रीहरूले फोन कलको भरमा सवारी सेवा पाउनसक्नेछन् । बिशेस गरि यसबाट स्मार्ट फोन नभयका र दृष्टिबिहिन हरुको लागि पनि यात्रामा सहज हुने बतायाको छ बुकिंगका लागि यात्रीले ९८०-२३२३२३३/४/५/६ मा सम्पर्क गर्नु पर्ने छ चालकहरूको व्यवस्था गर्न चौबिसै घण्टा खटिने पनि कम्पनि जनाएकोछ ।
लुजुमले आफ्ना राइड सेयरिङ पार्टनरको परिश्रम र समयको कदर गर्दै बिशेस बेवस्था गरेको जानकारी गरायको छ ।
— सहजता र हौसला बढाउने हेतुले लुजुमले केही योग्य पार्टनरहरूलाईआवश्यक पर्ने मोबाइल डाटा र इन्धन खर्च दिने ।
— प्रत्येक महिना सर्वोत्कृष्ट पार्टनरहरू मध्य एकको बालकको शिक्षामा सहायता ।
— स्पट बुकिंग पार्टनरहरूले बाटोबाट तत्कालै यात्रीहरूलार्इ सवारी दिन सक्नेछन् । लुजुमका सेवाग्राही यात्री नभए पनि सवारी सेवा दिएर पार्टनहरूले थप बोनस पाउन सक्नेछन् ।
समयको मागअनुसार यात्रीलाई सहुलियत सुविधा र पार्टनरलाई थप अवसरहरू दिन निरन्तर प्रयास गर्ने प्रतिबद्धता लुजुम कम्युट सर्भिसेस प्रा. लिले गरेको छ ।
लुजुम कम्युट सर्भिसेस प्रा. लि. ले निर्माण गरेको लुजुम एपको मुख्य उद्देश्य नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने रहेको बताउदै यसका लागि लुजुमले दुर्इ पांग्रे (मोटरसाइकल), तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी (बोलेरो / स्करपियो) जस्ता वृहत सेवाहरू लुजुमले प्रदान गर्ने भएको छ । लकडाउन लगत्तै काठमाडौंमा र अगामी दिनमा विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मुख्य शहरहरूमा लुजुमको सवारी सुचारू गर्नेपनि पलपलका सम्बद दाता लाई जानकारी गरायको छ ।
डेनमार्क र अष्ट्रेलियामा अध्ययन गरेर फर्केका युवाहरु प्रतीक सुब्बा र डेनिस कार्की तथा सूचना प्रविधि कन्सल्टेन्टगुन्जा सुनुवारको समूहले फरक पहिचानका साथ यो सेवा शुरु गरेका हुन ।लुजुमका कार्यकारी निर्देशक प्रतीक सुब्बाले डेनमार्कको अलबोर्ग विश्वविधालयबाट अपरेसन एण्ड इन्नोभेसनमा एम.एस.सी गरेका छन् भने गुन्जा सुनुवारले पनि सोही विश्वविधालयबाट एम्.एस.सी इन इन्नोभेटिभ कम्युनिकेशन टेक्नोलोजी एण्ड अन्टरप्रेनरसीप गरेका हुन् ।
डेनिसले भने अष्ट्रेलियाबाट मास्टर्सइन बिजनेस, नेपालमा पि.जि.डि.एच्.सी.एम र एल.एस.इ बाट हेल्थ इकोनोमिक्स, पोलिसी र मेनेजमेन्ट गरी हाल बिराट मेडिकल कलेजका उपाध्यक्ष र कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
लुजुमको सेवा लिन चाहने चाहने हरुले एन्ड्रोइडका लागि यहाँबाट र एप्पल प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुनेछ ।
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved