उदयपुर । प्रदेश १ को उदयपुर जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।
तीन दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । चौदण्डीगढी नगरपालिकाकाका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी दुई साताअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए । उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो ।
त्यसबेला उनको रिपोर्ट नेगेटिभ आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं पुगेर ९तीन दिन बसेर० उनी पुनः उदयपुर फर्किएका थिए । उदयपुर फर्किएपछि पुनः उनलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
करिब दुई साता क्वारेन्टाइनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । परीक्षणको क्रममा उनलाई कोरोना पोजिटेभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved