संसदमा लिङ्देनको प्रश्नै प्रश्न १ लागू‍औषध, क्वारेन्टाइन देखी शिक्षाका कुरा

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले सरकारले विपक्षीले जितेका ठाउँमा अनुभवहीन कर्मचारी पठाएर भेदभाव गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउने कुरामा भेदभाव गरेको बताए ।

मन्त्रालयले स्थानीय तहलाई हस्तक्षेप गर्ने र निकम्मा बनाउने कोशिस गरिरहेको भन्दै भने,’ विपक्षीले जितेको ठाउँमा अनुभवहीन तर आफ्नै पार्टीका मान्छे पठाउने गरिएको छ । अनि उनीहरु हामी त माथिबाट आएको भन्दै काम अड्काउने नगर्दिने गर्छन् ।’

उनले यी सब कुरा विभागीय मन्त्रीलाई थाहा छ की छैन भन्दै प्रश्न पनि गरे ।

शिक्षामन्त्रीलाई प्रश्नै प्रश्न

सांसद लिङ्देनले बजेटमा समावेश गरिएको सामूदायिक विद्यालयको जिम्मा नीजि विद्यालयलाई दिने विषयमा पनि आपत्ति जनाए । ‘पूर्वाधार सामाग्रीसहित शैक्षिक गुणस्तर सुधारको निम्ति सामूदायिक विद्यालय नीजिलाई दिने भनेको के हो ? उनको प्रश्न छ ।

सरकारले करोडौं खर्च गरेर, तालिम र सुविधा दिएर पनि १३ महिनाको तलब खाने सामूदायिक विद्यालयका शिक्षकले गुणस्तर सुधार्न नसक्ने नीजिले सक्ने कसरी हुन्छ भन्दै उनले विभागीय मन्त्रीलाई प्रश्न पनि गरे ।

यसबाहेक लामो समयदेखि आन्दोलनरत त्रिविका आंशिक प्राध्यापकहरुले हरेक दिन आफूलाई सम्पर्क गरेर आफ्ना विषय सदनमा राखिदिन आग्रह गर्ने गरेका पनि उनले बताए ।

‘उनीहरुले अतिरिक्त सुविधा पाउने त परको कुरा भयो । आफूले काम गरेको, पढाएको ज्याला र सुविधा भत्ताहरु नपाएर भोक भोकै बस्नुपर्यो भनेर म्यासेज गरिरहेका छन् । काम गरेको पैसा पाउनु परो भनेर म्योसेज पठाइरहेका छन्,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सम्बोधन गर्दै उनले अगाडि थपे, ‘के हामी आत्महत्या गरेपछिमात्र तपाईहरुले हाम्रो कुरा बोल्ने भनेर भन्छन् । शिक्षामन्त्रीज्यूको यसमा पनि ध्यानाकर्षण गराउन चाहान्छु ।’

यसबाहेक आफूले बालविकास शिक्षकहरुका समस्या लामोसमयदेखि उठाउँदै आएको भएपनि सरकारले नसुनेको भन्दै उनले उनीहरुसँग सरकारको के दुस्मनीको छ भन्दै प्रश्न गरे । बालविकास

शिक्षकहरु न्यून तलबमा काम गर्न बाध्य पारिएको भन्दै उनले भने, ‘सरकार आफै कसैले कसैलाई पनि न्यूनतम तलबविना काममा लगाउन नपाउने भनिरहेको छ । त्यस्तो गरे वा लगाए दण्डनीय हुनेछ पनि भन्ने गरेको छ । तर सरकार आफैं ६(७ हजारमा मान्छे लगाउने ?’

अभिवाकले सबैभन्दा पहिला आफ्ना बालबालिका जिम्मा लगाउने ठाउँकै शिक्षकमाथि राज्यको यस्तो व्यवहारले उनीहरुको शीर झुक्ने र निरिश बनाउने काम गरेको भन्दै यस्तो प्रवृतिले देशको शैक्षिक भविष्यमाथिनै प्रश्न उठ्ने बताए ।

बजेटमा समावेश गरिएको ६ हजार स्वयमसेवक शिक्षक राख्ने कार्यक्रमको पनि उनले विरोध गरेका छन् । तालिम र कुनै विशेष क्षमता नभएकाहरुलाई स्वयमसेवकका रुपमा राख्ने कार्यक्रम ल्याउनु शिक्षा क्षेत्रलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउने योजना अन्तर्गत आएको उनको ठम्याईँ छ । ‘शैक्षिक क्षेत्रलाई अझै ध्वस्त बनाउने यस्तो कार्यक्रम बजेटबाट हटाइनुपर्छ,’उनले भने ।

लागू‍औषध र क्वारेन्टाइनका कुरा

गृहमन्त्रालयले आफ्नो कार्यक्रममा लागूऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा आपूर्ति घटाउने जनचेतना बढाउने भन्ने उल्लेख गरेको छ । तर लिङदेनले भने सरकारले लागूऔषधको प्रयोगबाट उत्पन्न हुने भयावह स्थिततर्फ भने ध्यान नदिएको बताए ।

अहिले ठूलो संख्यामा नेपाली युवाहरुलाई लक्षित गरि लागूऔषध विक्रि वितरणको लागि सीमापारी लागूऔषध ट्रान्जिटको स्थापना गरिएको भन्दै उनले भने, ‘पूर्वमा पानीट्याङ्कीदेखि पश्चिमको गौरिफाँटासम्म सबै नाकामा दुर्व्यसनीको अखडा खडा भएको छ सीमापारी । यो लकडाउनको समयमा पनि ठूलो संख्यामा लतमा फसेका युवाहरु जबरजस्ती त्यसतर्फ जान खोज्दा पक्राउ परेर कतिपय क्वारेन्टाइनमा राखिएको अवस्थामा छ । अहिले यो लागूऔषध प्रयोग र यसको चलखेल विद्यालय, होस्टलहरुसम्म पुगेको छ । त्यसैले आपूर्ति घटाउने भनेर मात्र पुग्दैन ।’

उनले लागूऔषध ओसारपसार सम्बन्धमा विशेष कार्ययोजनानै बनाएर लागू गर्न भन्दै गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण पनि गराए । जसका लागि अहिले सीमामा राखिएका सुरक्षाकर्मीहरुलाई त्यहीँ राख्ने व्यवस्था मिलाउनु पर्ने उनको सुझाव छ ।

यसबाहेक सांसद लिङ्देनले पछिल्लो समय नेपालका कारागारहरु यातना गृह बनिरहेको भन्दै त्यसलाई सुधार गृह बनाउनेतर्फ ध्यान दिन पनि गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved