कोरोना संक्रमण विरुद्धको लडाइमा जुध्न प्रत्येक जिल्लालाई ८० लाख उपलब्ध गराउने गण्डकी प्रदेश सरकारको निर्णय

  • जेठ २६, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाइमा जुध्न प्रत्येक जिल्लालाई ८० लाख उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना भाइरस विरुद्धको व्यवस्थापनका लागि भन्दै प्रदेश भित्रका ११ वटै जिल्लालाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधारमन्त्री राम शरण बस्नेतले यस्तो जानकारी दिनुभयो । प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि प्रदेशको यस्तो निर्णय आएको हो ।

त्यस्तै मन्त्रीपरिषद वैठकले प्रदेशको प्रवेश नाका मुग्लिनमा नयाँ प्रहरी पोस्ट स्थापनाका लागि १४ लाख रुपैया विनियोजन गरेको छ । बैठकले तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न संघ सरकारलाई सिफारिश समेत गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता राम शरण बस्नेतले जानकारी दिए ।

बैठकले पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र नामक संस्थालाई प्रदेश मातहत ल्याउने र गण्डकी क्षयरोग केन्द्र नामाकरण गरी सञ्चालन गर्ने निर्णय समेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयबाट प्रवाह हुने सेवाका लागि अर्को जिल्ला जान नपर्ने व्यवस्था गरिएको समेत उनले जानकारी दिए । बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved