भिम भुषाल, पूवि नवलपरासी । पूर्वी नवलपरासीमा मंगलबार १२ जनामा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
ति सबै बौदीकाली गाउँपालिकाका हुन् । ति सबै पुरुष हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार बौदीकाली २ का १९ र ३० बर्षका २ जना पुरुष, बौदीकाली ३ का ३० बर्षीय १ जना पुरुष, बौदीकाली ४ का १८, १८, १९, २०, २१, २२, २२, ३० र ४० बर्षका गरी ९ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
बौदीकालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या नवलपुरमा ३४ पुगेको छ । सोमबार कावासोतीका ३ जना र गैडाकोटका २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आइतबार नवलपुरको ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved