सुदूरपश्चिममा ६६ हजारलाई क्वारेन्टाइनमा राखियो

  • जेठ २८, २०७७
  • कालापानी मिडिया
alt

२८ जेठ, कैलाली । सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६६ हजारलाई क्वारेन्टाइनमा राखिएको छ।

भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६५ हजार नौँ सय ९१ जनालाई नौँ जिल्लाका एक हजार ८ सय १३ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टाइनमा राखिएका मध्ये ५५ हजार सात सय ३० जना पुरुष र १० हजार दुई सय ६१ जना महिला रहेका छन्।

सबैभन्दा बढि कैलालीमा २१ ह्जार चार सय ५४ जना, डोटीमा १० हजार चार सय, अछाममा ८ हजार एक सय ४५ र कञ्चनपुरमा सात हजार २ सय ४० जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

बाजुरामा पाँच हजार दुई सय २३, बैतडीमा चार हजार चार सय ५७, डडेल्धुरामा चार हजार चार सय १०, बझाङमा तीन हजार एक सय ४४, दार्चुलामा एक हजार पाँच सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन। सुदूरपश्चिम प्रदेशमा ८० हजार एक सय ८ जना अटाउने क्वारेन्टाइन स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved