उपनिर्वाचन नजिकिदै गर्दा गाउँगाउँमा चुनावी चहलपल

आ आफ्नो पक्षमा मत माग्न उम्मेदवारको तछाडमछाड

  • मंसिर ३, २०७६
  • कालापानी मिडिया
alt

दाङ,सुमन केसी
मंसिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि गाउँगाउँमा गाउँमा चुनावी माहोल बढेको छ । दाङ क्षेत्र नं. ३ (ख) मा १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवारको उपनिर्वाचनमा विजयी हुने तछाड मछाड चलेको छ । उनिहरुले आ आफ्ना पक्षमा मतदान गर्न मतदाता रिझाइरहेको छन् ।

दाङको उपनिर्वाचनमा (नेकपा)ले स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती बिमला वलीलाई उम्मेदवार बनाएको छ, भने नेपाली कांग्रेसले पुराना, त्यागी, विभिन्न समयमा जेल जिवन बिताएका र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि दाङमा नेकपा र नेपाली कांग्रेसका विच प्रतिस्पर्धा हुने देखिएको छ । र उनिहरुले दाङलाई प्रदेशको राजधानी बनाउने देखि पश्चिम दाङको विकास गर्ने भन्दै चुनावी नारा बनाएका छन् । दाङकोे पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, कृषी ,सञ्चार जस्ता कुराको पहुँच पुग्न नसकेको र विकास क्षेत्रमा पछि परेकोले पनि यस क्षेत्रको समग्र विकासको लागि आफू निरन्तर लाग्ने नेकपाकी उमेदवारको भनाइ छ ।

कांग्रेसले भने आफुले जितेमा दाङलाई प्रदेशको राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै आएको छ । बाइट ः केशवराज आचार्य,उमेदवार,नेपाली कांग्रेस
यता समाजबादी पार्टी र राप्रपा संयुक्तले पनि राजधानीको लागि पहल गर्ने घोषणा गरेका छन् ।

उपनिर्वाचनका लागि ४२ मतदान केन्द्र र ३४ वटा निर्वाचन स्थल छन् । तिमध्ये ६ वटा स्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल, २६ वटा संवेदनशील र २ वटा सामान्य रहेको जानाइएको छ ।

दाङमा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । जस अन्तरगर्त क्षेत्र नं. ३ (ख) मा ३२ मतदान स्थल र घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ निर्वाचन स्थल रहेका छन । दुई उपनिर्वाचन हुने थानमा ७३ हजार १ सय ७२ मतदाताहरु छन । जसमध्ये क्षेत्र न ३ (ख)मा ६८ हजार ७ सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं. १६ मा ४ हजार ४ सय ५३ जनामतदाता छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved