कस्तो थियो सुगौली सन्धि पछि नेपालको नक्सा ? के के समेटिएको थियो ?

  • जेठ २८, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो।

तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयमा छापिएको यस नक्सामा लिम्पियाधुराबाटै निस्केको काली नदी लेखिएको छ। साथै, यस नक्सामा लिपुलेकबाट निस्केको नदीलाई कुनै नाम दिइएको छैन। लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ सुगौली सन्धिलगत्तै पहिलो नक्सा १८१९ मा जारी भएको पाइएको बताउँछन्। ‘म्याप अफ प्रोभिन्स अफ कुमाल’ लेखिएको नक्साको उत्तरमा चिनियाँ भूभाग तथा पूर्वमा निपाल ९नेपाल० तथा डोटी उल्लेख छ। श्रेष्ठका अनुसार यो नक्सा सर्भे अफ इन्डियाका क्याप्टेन एच.एस.वेभ सर्भेयरले तयार परेका हुन्। त्यो नक्सा १ इन्च बराबर १ माइल स्केलबाट तयार पारिएको छ।

त्रिभुवन विश्वविद्यालय भूभाग विभागका तत्कालीन प्रमुख डा.मंगलसिद्धि मानन्धर हालका विभागीय प्रमुख हृदयलाल कोइरालाले जर्नलमा सन् १८१९ पहिलो नक्साका रूपमा उल्लेख गरिएको छ।

जर्नलमा ब्रिटिस भारत सरकारको सर्भे अफ इन्डियाबाटै प्रकाशित सुगौली सन्धि समयको तुरुन्तपछिको यो आधिकारिक नक्साले पनि वास्तविक काली नदी भनेर लिम्पियाधुराबाटै निस्किएको नदीलाई प्रमाणित गरेको उल्लेख गरिएको छ। काली नदीको पूर्वमा कुटी, नाबी, गुन्जी, कुन्लस पर्वत परेको नक्सामा स्पष्ट देखिन्छ।

लेखक तथा अनुसन्धानकर्ता रतन भण्डारीले सुगौली सन्धिपछिको लगत्तैको नक्सा पहिलो नक्सा सन् १८१९ मै प्रकाशन भएको भेटिएको बताए।

त्यस सुगौली सन्धि हुँदै गर्दा पनि प्रकाशित नक्सामा काली नदीको उद्गमस्थल लिम्पियाधुरा नै भएको उल्लेख छ। १८१६ मार्च ४ मा नेपालमा इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved