सुदूरपश्चिमका सांसदले लिए लकडाउनमा पनि तलब लिए

  • जेठ २९, २०७७
  • कालापानी मिडिया
alt

२९ जेठ, धनगढी । कोराना भाइरसको जोखिम न्यूनीकरणमा सक्रिय भएको बताउँदै आएका सुदूरपश्चिमका प्रदेशसभा सदस्य लकडाउनमा पनि मासिक सेवासुविधा लिदै आएका छन्। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पारिश्रमीक नै दिने घोषणा गरेका प्रदेशसभा सदस्यहरुले पनि सेवासुविधा वापतको रकम बुझिरहेको पाईएको हो।

गत चैत ११ गतेबाट लकडाउन जारी गरिएको भएपनि सुदूरपश्चिम प्रदेशका सभामुख, उप–सभामुख र प्रदेशसभा सदस्यहरुले पारिश्रमीक मात्रै नभएर दैनिक भ्रमण भत्ता समेत बुझेका छन्। केही प्रदेशसभा सदस्यहरुले भने राहत वितरणको अनुगमन गरेको भन्दै भत्ता बुझेको पाईएको छ।

बैशाख र जेठमा मात्रै प्रदेशसभा सदस्यहरुले पारिश्रमिक वापत, दैनिक भ्रमण, अतिथि सत्कार, सञ्चार शुल्क लगायतका शिर्षकमा ६५ लाख ३८ हजार आठ सय ३७ रुपैया बुझेका छन्। उनीहरुले यातायात शुल्क पनि लिएका छन् भने केही प्रदेशसभा सदस्यहरुले राहत वितरणमा समेत अनुगमन गरेको भन्दै भत्ता बुझेका छन्।

आवास सुविधा, संचार सुविधा, अतिथी सतकार, सचिवालय व्यवस्थापन, बिद्युत र खानेपानीको समेत प्रदेशसभा सदस्यहरुले सुविधा पाउँदै आएका सुदूरपश्चिम प्रदेशसभा सचिवलयका सूचना अधिकारी धनबहादुर शेरपुंजा मगरले बताए। लकडाउनको अवधीमा धनगढीमै रहेका प्रदेशसभा सदस्यहरुले जिल्ला भ्रमणमा गएको भन्दै पनि तीन लाख ५३ हजार भत्ता बुझेका छन्।

बैशाख महिनामा ३० लाख ५५ हजार नौ सय ८८, जेठ महिनामा २८ लाख ११ हजार चार सय ८८ रुपैँया पारिश्रमीक, तीन लाख ५३ हजार दैनिक भ्रमण भत्ता, सभामुख र उप–सभामुखको बैशाख महिनाको सेवा सुविधा बापतको एक लाख ३४ हजार दुई सय ४३, जेठ महिनाको सभामुख र उप–सभामुखको सेवा सुविधा एक लाख ३४ हजार दुई सय ४३ र विभिन्न समितिका सभापतिको भ्रमण भत्ता शिर्षकमा ३५ हजार आठ सय ७५ रुपैया खर्च भएको मगरले बताए।

प्रदेशसभा सदस्यहरुले धनगढीमा हुँदा पनि भ्रमण भत्ता लिएको, नागरिकलाई राहत वितरणको अनुगमन गरेको, प्रदेशसभाको बैठकका लागि पहाडी जिल्लाबाट धनगढी आएको लगायतका विवरण पेश गर्दै सेवा–सुविधा लिएकोसूचना अधिकारी मगरले बताए।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved