जसले देश निर्माण गर्यो उसैलाई दोस लगाउनु उचित होईन- सांसद लिङ्देन

देशभन्दा माथि केही छैन, हाम्रो पार्टीको संविधान संशोधन विधेयकमा निशर्त समर्थन रहेको छ ।

  • जेठ ३१, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोली प्रति असन्तुष्टि जनाएका छन् । सांसद लिङ्देनले
प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयकको छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमी गणतन्त्रमा फिर्ता लिने अवसर मिलेको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाएका हुन् ।
“जसले देश एकीकरण गर्यो, नामाकरण गर्यो, उनीहरुलाई नै दोष लगाएर कसैले गुमाएको हामीले लियौं भन्ने दिन होइन आज, उनले भने ।

यस्तै उनले संविधान संशोधनको विषयमा बोल्दै भने, देशभन्दा माथि केही छैन, हाम्रो पार्टीको संविधान संशोधन विधेयकमा निशर्त समर्थन रहेको छ ।,

सांसद लिङ्देनले संविधानका आधारभूत तहमा आफू र पार्टीको केही बिमति रहेपनि राष्ट्रपय स्वाधिनताको विषयमा कुनै शर्त नरहेको बताए । “यो संविधानको आधारभूत तहमै हाम्रा केही विमति छन् । तर यो प्रस्ताव दल विशेषको होइन, मुलुकको हो , त्यसैले राष्ट्रियताको विषयमा कुनै शर्त छैन, इन्तु परन्तु पनि छैन । किनकी सबैभन्दा माथि देश छ , देशभन्दा माथि केही छैन,” उनले भने ।

आकारले आफ्नो दल सानो भएपनि सरकारले ल्याएको संशोधन विधेयकमा सबैभन्दा पहिला समर्थन गर्ने पनि राप्रपानै भएको उनको भनाइ थियो ।

यसबाहेक उनले नक्सा जारी गर्ने र संविधान संशोधन गर्ने ऐतिहासिक दिनको नेतृत्व लिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत धन्यवाद दिए । ” तर नक्सा पारित गरेर मात्र हुँदैन, भूमि फिर्ता लिन वार्ता गर्नुपर्छ । कठिनाइ छ, जटिलता छ । तर असम्भव छैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved