काठमाडौं । नेपालले २० मेमा जारी गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आजको दिनलाई नेपाल-भारत सम्बन्धको दुद दिन दु:खद भएको टिप्पणी गरेको छ ।
भारतीय कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालले ट्विटमार्फत भनेका छन्, ‘नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दुस्खद दिन हो । नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार छ । ‘
प्रवकता सुर्जेवालले भनेका छन्, ‘आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा शुर्तमुर्गको जस्तो व्यवहार देखाएको छ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved