मन्त्रिपरिषद हेरफेरबारे नेकपाको सचिवालय बैठक बस्दै ।

  • मंसिर ४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं ।

मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

शपथग्रहण समारोहको समयको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सचिवालय बैठकपछि हुने भन्ने छ, तर समय टुंगो लागिसकेको छैन ।’

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल

सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल हुँदैछ । प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रचण्ड बिहान नौ बजे ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । यो भेटमा प्रचण्डले पूर्वमाओवादीको तर्फबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्रीलाई दिने बताइएको छ ।

मन्त्रिपरिषद हेरफेरको विषयमा यसअघि पनि ओली र प्रचण्डबीच पटक(पटक छलफल भइसकेको छ । अघिल्ला छलफलमा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद हेरफेर प्याकेजमै टुंगो लगाउने सहमति भएको थियो ।

गत भदौमा प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने भनेर ओलीले आश्वासन दिएका थिए । तर, ओलीले आश्वासन दिएजस्तो र आफूले खोजेजस्तो जिम्मेवारी नपाएपछि प्रचण्डले अघिल्लो बैठकमा मुखै खोलेर कार्यकारी अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए ।

अहिले नेकपाको बाँकी एकता प्रक्रिया पनि कार्यकारी अध्यक्षमै अल्भिmएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । नेकपाको ३२ वटा केन्द्रीय विभाग गठन भए पनि सचिव र सदस्यहरु चयन हुन सकेका छैनन् । साविक एमाले र माओवादीबाट मिलाएर पहिले विभाग सदस्यहरु चुन्ने र त्यसपछि सचिव टुंगो लगाउने तयारी भइरहेको नेकपा स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved