काठमाडौं । प्रतिनिधिसभाले निसान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको छ ।
प्रतिनिधिसभामा सहभागी सबै राजनीतिक दल हालै जारी नयाँ नक्सालाई संविधानको अनुसूचीमा समावेश गर्नेगरी आएको संविधान संशोधनको पक्षमा उभिएका हुन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सहभागी सबै २ सय ५८ जनाले संशोधन प्रस्तावका पक्षमा मतदान गरी राष्ट्रियताको विषयमा सबै एकै ठाउँमा रहेको सन्देश दिएका छन् ।
मतदान भइसकेपछि सभामुख अग्निप्रसाद सापकोटालेसंशोधन विधेयक तत्काल कायम रहेका सदस्यको दुईतिहाइभन्दा बढी मतबाट पारित भएको घोषणा गरेका थिए । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved