उपचार नपाएर रुकुम सोती घटनाका घाइतेहरु छट्पटाउदै

जाजरकोटका सिडिओ भन्छन, उपचारका लागि रुकुमलाई सोध्नुपर्छ

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

लोकेन्द्र विश्वकर्मा, जाजरकोट । जेठ १० गते राती रुकुम पश्चिमको सोतीमा भएको जातीय नरसंहारको घटनाका घाइते उपचार नपाएर समस्यामा छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरु उपचारको पखाईमा रहेपनि सरकारले भने बेवास्ता गरेको छ । घटना घटेको एक महिना पुग्नै लागेपनि सरकारले निःशुल्क उपचार गर्नुको साटो सम्बन्धित निकाय एकले अर्कोलाई दोष देखाउँदै पन्छिरहेका छन् ।

जेठ १० गते राती रुकुम पश्चिमको सोतीमा भएको घटनामा जाजरकोटका १२ जना युवाहरु घाइते भएका थिए । घाइते मध्येको केही अवस्था सामान्य भएपनि धेरैको टाउको, अनुहार र छातीमा चोट लागेको छ । घटनामा जाजरकोट रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएपनि अरु भागेर बाच्न सफल भएका थिए । तर उनिहरु उपचार नपाएर छट्पटाई रहेका छन । घाइते इन्द्रजंग शाह भन्छन्, जाजरकोटको प्रशासनले रुकुमलाई सोध्नु पर्छ भन्छ् । रुकुमले झन के सुन्थ्यो र ?

इन्द्रको मात्रै होइन, नवराजसँगै सोती गएर घटनामा परी घाइते भएका सुदीप खड्काको अवस्था पनि उस्तै छ । महिनौ बितिसक्दा पनि उपचार त भएको छैन नै । उपचारका लागि कसैले पहल पनि गरको छैन । भाग्ने क्रममा पीडकले हतियाले हानेर चोट लाग्दा हिड्न समेत गाह्रो भएको सुदीपको भनाई छ ।

घाइतेहरु उपचार नपाएर छटपटिएका बेला जाजरकोटका प्रमुख जिल्ला अधिकारी भने यस विषयमा बेखबर छन् । उनि रुकुम सोती घटनाको थप अनुसन्धानका लागि बनेको ९ सदस्यीय संसदीय छानबिन समिति संग भेटेपछि मात्रै बोल्न मिल्ने भन्दै पन्छिन्छन् ।

अन्तर्जातीय विवाहका लागि युवतीलाई भगाउन गएका जाजरकोट रानागाउँका नवराज विक, लोकेन्द्र सुनार, सन्दीप विक, गोविन्द शाही, टीकाराम सुनार, गणेश बुढामगरको हत्या भएको थियो । प्रहरीले घटनामा सलंग्न युवतीका बुवाआमा र वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेर ज्यानमारा उद्योगमा मुद्दा चलाएको छ । तर घाइतेहरु उपचार नपाएर छटपटिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved