वरिष्ट पत्रकार चन्द्र भण्डारीको टाउकोको सफल शल्यक्रिया

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

विर्तामोड । नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीको गए राति टाउकाको सफल शल्यक्रिया गरिएको छ।

विर्तामोडमा रहेको विर्ता सिटी अस्पतालमा न्यूरो सर्जन डा. सिपि लिम्बुको टोलीले पत्रकार भण्डारीको टाउकोको शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकाएका हुन् । डा. लिम्बुका अनुसार उनको अवस्था अहिले सामान्य छ। करिब एक घन्टाको शल्यक्रियाबाट जमेको रगत निकालिएको डा. लिम्बुले जानकारी दिए।

उनले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ। उहाँ होसमा आइसक्नु भएको छ। अहिले बिहानदेखि केही खानेकुरा खुवाउन शुरु गर्दैछौं।’

पत्रकार भण्डारीलाई केही दिनदेखि टाउको दुख्ने समस्या रहेको र बान्तासमेत हुन थालेपछि आइतबार बेलुका अस्पताल भर्ना भएका थिए।

विरामी होसमा आए पनि टाउको शल्यक्रिया गरिएकाले अहिले सघन उपचार कक्षमै राखेर उपचार भइरहेको डा. लिम्बुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved