सुदूरपश्चि प्रदेशले कोरोना भाईरस नियन्त्रण सहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउदै

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट आज ल्याउने भएको छ। दिउँसो ४ बजे बस्ने प्रदेसशभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट सिर्जित परस्थितीको व्यवस्थापन गर्ने गरी बजेट आउने अपेक्षा गरिएको छ।

चालु वर्षका लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार बृद्धि गरी बजेट ल्याउन लागेको बताईएको छ। प्रदेश सरकारले जेठ १९ गते ल्याएको नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने जनाएको छ।

कोरोना भाईरसको नियन्त्रण तथा रोकथाम सहित स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईने दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved