सुदूरपश्चिममा भान्सेदेखि जनप्रतिनिधिलाई कोरोना, स्वास्थ्यकर्मी र प्रहरीमा पनि संक्रमण

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन्। सुदूरपश्चिममा झण्डै ९३ प्रतिशत संक्रमित भारतबाट आएका नागरिक छन् भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ। प्रदेशमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, थुनुवा, स्वास्थ्यकर्मी, चालक र क्वारेन्टिनमा खटिएका भान्सेलाई पनि कोरोना पुष्टि भएको छ।

कञ्चनपुर र डडेल्धुराका चार जना स्वास्थ्यकर्मी, कञ्चनपुरका तीन जना प्रहरी, कैलाली र डडेल्धुराका दुई जना जनप्रतिनिधि, कञ्चनपुरमा दुई जना भान्से, कैलाली र अछाम जिल्लामा तीन जना चालक, डडेल्धुरामा एक जना सरकारी कर्मचारी र डोटीमा एक जना थुनुवामा कोरोना पुष्टि भएको छ। उनीहरु अधिकासं क्वारेन्टिन र भारतबाट आएका नागरिकको उद्धारमा खटिएका थिए।

‘सुदूरपश्चिम प्रदेशमा कोरोना दोस्रो चरणमा प्रवेश गरिसकेको हो,’ सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले भने, ‘तर अहिले नै समुदायस्तरमा भने संक्रमण फैलिएको छैन्। समुदायस्तरमा संक्रमण फैलिनबाट अझै रोक्न सकिन्छ।’ उनले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टिन व्यवस्थित बनाउन पर्नेमा जोड दिए।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved