पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस संक्रमण

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०र१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५र५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४र४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३र३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा ५ संक्रमित

काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

डिस्चार्ज हुनेको संख्या एक हजार नाघ्यो

यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।

सोमबारको अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टामा मात्रै ७३ जना डिस्चार्ज भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved