नारायणी सामुदायिक अस्पतालबाट १६ जना कोरोना मुक्त

  • असार २, २०७७
  • कालापानी मिडिया
alt

चितवन । चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् । गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएको हो । उनलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाइने अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
चिकित्सकले हेरेका झण्डै एक सय जना विरामीको कन्ट्याक्ट टेसिङ गरिएको छ । उनीहरूमध्ये चिकित्सकले इन्डोर हेरेका बिरामीहरू सबैको स्वाब परीक्षण गरिएको र उनीहरूमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए ।

ओपीडीमा हेरेका बिरामीको भने परीक्षण गरिएको छैन । ‘लामो समयसम्म डाक्टरको सम्पर्कमा रहेका र हेरेका बिरामीलाई नै नेगेटिभ आएपछि ओपीडीमा हेरेका बिरामीलाई तत्काल आवश्यक परेन, लक्षण देखिएमा आउन भनेका छौं, उहाँहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ,’ कार्यालय प्रमुख तिवारीले भने । चिकित्सकले हेरेका बिरामीमध्ये आधाजसो नवलपरासीका छन् ।

नारायणी सामुदायिक अस्पतालका निर्देशक विष्णु कुँवरले अस्पतालको आईसीयूसहित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गरिएको र कसैमा पनि संक्रमण नभेटिएको बताए । ‘अहिले अस्पतालमा कोही पनि संक्रमित भेटिएको छैन, झण्डै ७० जनाको परीक्षण गराएका छौं, अहिलेलाई सुरक्षित भएको महसुस भएको छ, सबै सेवा सुचारु छ,’ अस्पताल निर्देशक कुँवरले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved