काठमाडौं । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन् ।
भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै छाङ्रुमा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । र, खनाल छाङ्रुको निरीक्षणमा समेत पुग्ने जनाइएको छ ।
गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ, नयाँ स्थापना गरिएको बीओपीमा पनि पुग्नु हुनेछ ।’ यद्यपि, मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान सक्दैन । त्यसैले मौसम अनुसार खनालको भ्रमण कहाँसम्म हुन्छ भन्ने भने स्पस्ट छैन ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved