इञ्जिनियरहरुले पनि लाइसेन्स परिक्षा दिनै पर्ने, इञ्जिनियरिङ काउन्सिल विधेयक समितिबाट पारित

  • असार ३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अब इञ्जिनियरहरुले पनि लाइसेन्स परिक्षा दिनै पर्ने भएको छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले इञ्जिनियरिङ काउन्सिल ऐन संसोधन बिधेयक पास गर्दै इञ्जिनियरहरुलाई लाइसेन्सका लागि परिक्षा अनिवार्य गरेको हो । ऐन कार्यान्वयनमा आएपछि इञ्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुले काउन्सिलको परिक्षा लिएपछि मात्रै लाइसेन्स पाएर काम गर्न सक्नेछन् ।

यस अघिदेखि नै डाक्टर, नर्स, वकिलहरुले लाइसेन्स परिक्षा उतिर्ण गरेर मात्रै सेवा प्रवाह गर्दै आएका थिए । मंगलबार समितिले बिधेयक पास गर्दै इञ्जिनियरलाई लाइसेन्स परिक्षाको व्यवस्थालाई कायर्म राखेको हो । इञ्जिनियरिङ परिषदले वर्षमा कम्तिमा पनि दुई पटक लाइसेन्स परिक्षा लिनुपर्नेछ । व्यवसायीक मर्यादा पालना नगर्ने इञ्जिनियरहरुको लाइसेन्स खारेज गर्न सकिने व्यवस्था पनि बिधेयकमा समावेश गरिएको छ ।

व्यवसायीक मर्यादा पालना नगर्ने इञ्जिनियरहरुको लाइसेन्स परिषदले नै खारेज गर्नेछ । ऐनमा २१ सदस्यिय इञ्जिनियरङ परिषद रहने व्यवस्था छ । जसमा अध्यक्ष र उपाध्यक्षको व्यवस्था पनि छ । परिषदमा सातै प्रदेशको सहभागीता सुनिश्चित गरिएको छ । विधेयकमा कुनै नयाँ इञ्जिनियरिङ कलेज स्थापना गर्दा परिषदको सिफारिस अनिवार्य पर्ने र नयाँ विषयमा अध्ययन सुरु गर्दा पनि परिषदको सिफारिस अनिवार्य गरिएको छ । समितिले राष्ट्रिय सभाको विधायन समितिले पठाएका कतिपय विषयहरुलाई थप समृद्ध बनाउँदै विधेयक पास गरेको समिति सभापति कल्याणी खड्काले बताइन् ।

‘इञ्जिनियरिङ पेशालाई विश्वासिलो र गुणस्तरिय बनाउनका लागि पर्याप्त छलफल गरेर विधेयक पास गरिएको छ’, सभापति खड्काले भनिन् । समितिले बिधेयकको प्रतिवेदन प्रतिनिधी सभामा पेश गरेपछि सभाले पारित गर्नेछ । सभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरेर ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved