मोरङको मंगलबारे अस्पतालको नाम मदनभण्डारी राख्न थालेपछि बिरोध

‘नाममा राजनीति नगरौं, निर्णय स्वागत गरौं‘ नेपाली कांग्रेस

  • असार ४, २०७७
  • कालापानी मिडिया
alt

कुमार खड्का,मोरङ । प्रदेश १ सरकारले मोरङको उर्लाबारी- ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

aaa

मंगलबारेको आफ्नै विशेषता छ, मदन भण्डारीको नाममा मंगलबारे अस्पतालको पहिचान मेट्न खोजियो’ भन्दै आन्दोलनकारीहरुले नेताको नाम जोडेर मंगलबारेको पहिचान मेट्न नपाइने बताएका छन्।

१ असारमा प्रस्तुत बजेटमा मंगलबारे अस्पताललाई प्रदेश गौरवको आयोजनामा राख्दै अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

a

‘तर, विकास गर्नु राम्रो पक्ष भएपनि जताततै नेताहरुको नाम जोडेर स्थानीय पहिचान नै गुमाउनु पक्षमा आफुहरु नभएको आन्दोलनमा आएकाहरुको भनाइ छ । यसरी त मदन भण्डारीको नामको समेत बदनाम हुने आन्दोदनमा नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेताहरुको भनाइ छ ।
ट्रमा सेन्टर बनाउने निर्णय स्वागत योग्य भए पनि नाम परिवर्तनमा आफ्नो पार्टीको असहमति रहेको नेपाली कांग्रेस मोरङको धारणा छ । यसले सरकारले आफ्नो निर्णय नसच्याए सडक र सदनमा संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved