काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ८४ लाख पुगेको छ । केहीबेर अघिको तथ्याङ्क अनुसार संक्रमितको संख्या ८४ लाख पुगेको छ भने ४ लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।
यस्तै, उपचारपछि निको भइ घर फर्किनेको संख्या ४४ लाख ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय ९ जनाको मृत्यु भएको छ भने ३१ हजार ४ सय ७५ जना संक्रमित भएका छन् ।
अमेरिकामा ८ सय ८ जनाको मृत्यु भएको छ भने २५ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा मेक्सिकोमा ७ सय ३० जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ९९ संक्रमित थपिएका छन् ।
भारतको अवस्था पनि बिग्रदै गएको छ । भारतमा २४ घण्टामा ३ सय ४१ जनाको मृत्यु भएको छ भने १३ हजार १ सय ३ जना संक्रमित भएका छन् । यस्तै, २४ घण्टा भित्र चिलीमा २ सय ३२ र पेरुमा २ सय १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved