प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु

  • असार ४, २०७७
  • कालापानी मिडिया
alt

सिन्धुलीमाढी । सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो ।

क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण,  पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक तिमल्सिनाले बताए।

‘‘लामो यात्राको थकानका कारण क्वारेन्टाइनमा रहनेको शक्ति कमजोर भई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले शक्तिबद्धर्क चुर्ण  वितरण सुरु गरेका छौँ,’’ वैद्य तिमल्सिनाले भने , ‘‘इम्यिुनिटी पावर बढाउने खालका आयुर्वेद चुर्णले धेरै रोग लाग्नबाट जोगाउछ । ’’ कवारेन्टाइनमा रहनेलाई स्वास्थ्य जाच गरी आयुर्वेद औषधि दिने गरेको उनले सुनाए।

केन्द्रका  वैद्य निरीक्षक तिमल्सिनाका अनुसार भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसँगै तनाव व्यवस्थापन प्रशिक्षण दिने गरिएको छ । यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved