सुदूरपश्चिम प्रदेशमा यस्तो छ कोरोनाको अवस्था ?

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिवार मात्रै दुई सय ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या छ सय १७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीमा एक सय ४९ जना, डडेल्धुरामा एक सय २३, कञ्चनपुरमा ९५, अछामका ६७, बाजुराका ६२, बैतडीमा ५२, डोटीका ४२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना घर फर्किसकेका छन्। घर फर्किसकेका एक सय ११ जनामध्ये सबैमा कोरोना निको भने हुन सकेको छैन्। उनीहरुलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै विभिन्न अस्पतालहरुले घर पठाएका हुन्।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा प्रदेशका ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भईरहेको जानकारी दिए।

‘महाकाली अस्पताल ३५, टीकापुर अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटीा तीन, बाजुरा अस्पताल र महाकाली अस्पतालमा दुईरदुई र जिल्ला अस्पताल बझाङमा एक जना संक्रमित गरी नौँ वटा अस्पतालमा एक सय १९ जनाको उपचार भईरहेको छ।’ कार्कीले भने।

बाँकी संक्रमितको नौँ वटै जिल्लामा रहेका स्थानीय तहको आइसोलेसनमा उपचार भईरहेको दावी उनको छ। छ सय १७ जना संक्रमित मध्ये एक सय १९ जनाको नौँ अस्पतालमा उपचार भईरहेको छ भने एक सय ११ जना डिस्चार्ज भईसकेका छन्।

यस्तै पाँच जनाको मृत्यु भईसकेको छ। बाँकी तीन सय ८२ जना संक्रमितको अवस्थाको विषयमा भने सामाजिक विकास मन्त्रालय अनभिज्ञ छ। तीन सय ८२ जनामा अधिकासं घरमै छन् भने केहीलाई क्वारेन्टिनमा राखिएको छ। स्थानीय तहहरुले कोरोना रिपोर्ट नआउँदै धमाधम क्वारेन्टिनबाट घर पठाउन थालेपछि समुदायस्तरमा संक्रमण फैलिने खतरा समेत बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved