शुक्रबार अपरान्ह चिनिया र नेपाल कम्युनिस्ट पार्टी बिच गोष्ठी

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी र देश सञ्‍चालन अनुभव आदानप्रदान तथा चीन र नेपालका सत्तारूढ पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी शुक्रबार अपरान्ह हुँदैछ ।

कोभिड-१९ महामारीका कारण प्रत्यक्ष रूपमा अन्तर्क्रिया हुन नसक्ने भएकाले भिडियोमार्फत् बेइजिङबाट यो कार्यशाला सञ्‍चालन गर्न लागिएको छ। बेइजिङ समयअनुसार अपरान्ह ४ बजेतिर यहाँस्थित जिम्मेवार पार्टी सदस्यहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ।

यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक वैचारिक छलफल गरिएको थियो।

त्यस क्रममा माओपछिका सर्वाधिक शक्तिशाली मानिएका सी चिनफिङका विचारधाराका साथै दुवै देशका पार्टीबीच पार्टी तथा शासन संचालनका विषयमाथि बहस गरिएको थियो। त्यतिखेर पनि विभाग प्रमुख सोङथाओकै नेतृत्वमा प्रशिक्षण सम्पन्न भएको थियो।
आजको इकान्तिपुरमा समाचार छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved