पोखरामा महिलाहरुकालागि छुट्टै क्वारेन्टाईन

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे, पोखरा । पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो ।

नेपाल भन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाँउमा स्थानको खोजी गरिरहेको थियो । बृद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । पहिला बृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । वडा नम्वर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन बनाउन आग्रह गरेपछि स्थानियले मानेका थिए ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले क्वारेन्टाइनको अनुगमन समेत गरेको छ । निरिक्षण गदै उपप्रमुख गुरुङले २० जनाका लागि बेड तयार गर्न निर्देशन दिए ।

परिवार सहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने ब्यवस्था गरिएको हो । त्यस्तै भारत लगायत अन्य देशबाट आउने महिाहरुलाई नदिपुरमा राखिने छ ।

mahila 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved