भिमदत्तनगरले १ अर्ब, ४६ करोड,७५ हजारको बजेट ल्यायो

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोड ७५ हजारको बजेट ल्याएको छ। नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो।

कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए। सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाश रावलले नगरसभाबाट पारित योजना कार्यान्वयनका लागि प्रदेश सरकार सहकार्य गर्ने बताए।

उनले स्थानीय सरकारले पास गर्ने योजना कार्यक्रममा प्रदेश सरकार सहकार्य र समन्वय गरी जाने प्रतिबद्धतासमेत व्यक्त गरे। कोरोनाका कारण भारतबाट घर फर्किएका नागरिकलाई रोजगारी दिने गरी बजेट ल्याउन आग्रहसमेत गरे। प्रदेशसभा सदस्य मानबहादुर सुनारले भीमदत्त नगरपालिकाले तीन वर्षमा विकास निर्माणमा फड्को मारेको उल्लेख गर्दै साताँै नगरसभाबाट नगर विकासको ठोस नीति र कार्यक्रम पारित हुने विश्वास व्यक्त गरे।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउँ विमानस्थल, महाकाली अस्पताल सुधारलगायत ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको प्रदेश सदस्य सुनारले बताए। यसअघि भीमदत्त नगरपालिकाले रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो। त्यसैगरी नगरसभामा अर्का प्रदेशसभा सदस्य लालबहादुर खड्काले स्थानीय तहका मागअनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताए।

प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरणका कार्यक्रम ल्याएको उनले बताए। बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकूद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माणलगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन्।
रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved