कोरोना संक्रमित युवा सिचाई योजनाको काममा

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

बैतडी । बैतडीमा कोरोना पुष्टि भएको भोलिपल्टै संक्रमित युवाहरू सिँचाइ योजनाको काममा गएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर ४ का २ जना पुरुषमा असार १ गते कोरोना पुष्टि भएको थियो।

उनीहरु भोलिपल्टै रत्याल सिँचाइ योजनाको कुलामा काम गर्न गएको पाइएको छ। वडा अध्यक्ष लक्ष्मण महताका अनुसार कोरोना पुष्टि भएका २ जना पुरुष उक्त योजनाको काम गर्न गएका जानकारी दिए।

बैतडीका २२ जना कोरोना निको नहुँदै घर गएकोमा शिवनाथ गाउपालिकामा मात्रै २१ जना रहेका छन्। ४ जना सेती प्रादेशिक अस्पतालले कोरोनाको कुनै लक्षण नभएको भन्दै डिस्चार्ज गरेको थियो भने १७ जना असार १ गते पुष्टि भएका थिए।

त्यसैगरी पाटन नगरपालिका ८ का एक जना पुरुष पनि कोरोनाका कुनै लक्षण नभएको भन्दै बुधबार डिस्चार्ज गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved