झापाको विएण्डसी हस्पिटलभित्र क्यान्सर अस्पताल, राम्रो सेवा सुविधा पाएको भन्दै अस्पतालमा भिड

  • असार ६, २०७७
  • कालापानी मिडिया
alt

विजय बराल,झापा । झापाको विर्तामोडमा विएण्डसी टिचिङ्ग हस्पिटलले सञ्चालमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवा सुविधा राम्रो भएपछि यतिवेला देश भित्र पूर्व मेची देखि महाकालीसम्मका क्यान्सर पिडित विरामीहरु उपचारका क्रममा आउने गरेको छन्। क्यान्सर पिडित विरामीहरुको लागी एकै ठाउमा सवै किसिमका उपकरण भित्रिएको कारण र यहा भएका डाक्टरको विश्वसनीय उपचारको कारण पूर्वाञ्चल क्यान्सर अस्पतालमा भिड लाग्न थालेको हो ।

qw
नेपालमा पहिलो पटक यूरोप अमेरिका तिर प्रयोगमा ल्याईने क्यान्सर सम्वन्धि रेडियसन मेसिन नेपालमै पहिलो पटक भित्रिएको अस्पतालको दावी रहेको छ । चार अर्व लगानीमा सुरु भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा लकडाउन समयमा पनि सेवा सुविधा दिदै आएको थियो । हाल लकडाउन केहि खुकुलो भएको कारण विरामीहरुको चाप दिन प्रति दिन वढदै गएको अस्पतालका मेनिजिङ्ग डाईरेक्टर दुर्गा प्रसाईको भनाई रहेको छ ।

104288247_1039750916423208_5306782881408281210_n
हालको अवस्थामा दैनिक जसो १५ जना विरामीले किमो थेरापि लिने गरेका छन भने ६० जनाको रेडियसन मेसिन बाट क्यान्सरका विरामी लाई सेक्ने गरिन्छ । पहिलै देखि सञ्चालनमा आएको विएडसी अस्पतालमा एमआर आई , सिटि स्क्यान ,परिक्षण ल्याव लगाएत सर्जिकल उपकरणको कुनै कमि देखिदैन ।

sa
बिरामीहरुको लागी १०५ जना डाक्टर र ९०० जना नर्सको टोली पनि सेवामा रहेका छन ।विएडसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एकै ठाउमा हुनु र सञ्चालक पनि एउटै हुनुले यहाको उपचारको विश्वसनीय बढनुको कारण रहेको छ । विरामीहरुको लागी हाल भेण्टिलेटर १०० वेडको सुविधा रहेको र छिट्टै ३०० वेडको वनाउने प्रसाई बताउछन ।

dsa

यहा आउने विरामीहरु नेपालमा अन्यठाउमा रहेको क्यान्सर अस्पतालमा पुगेको तर त्यहा उपचार राम्रो हुन नसकेको वताउछन आफूले अरु तिर पाएको सुविधा भन्दा झापामा उपचार राम्रो भएको खुशिले वताउछन ।

asa

नेपालका प्यूठान बाट चेस्ट क्यान्सर भएकी पार्वता थापा स्कुटरमा दुई दिन लगाएर आएको वताउछिन भने संखुवासभाको विकट ठाउबाट विभिन्न सञ्चार माध्यमबाट यहाको सेवाको बारेमा सुनेर आएको वताउछन ।

104481254_273234587351361_573319327468863050_n

समग्रमा पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वको मात्र गहना नभई यतिवेला नेपालकै गहना वन्न सफल भएको छ यसरीनै क्यान्सर पिडितका विरामीलाई विश्वस्तरिय सेवा सुविधा दिनुले क्यान्सर जस्तो घातक रोगको समाधानमा टेवा मिल्दै गएको पाउनु सकारात्मक मान्न सकिन्छ

q

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved