सुदूरपश्चिम प्रदेशः थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

  • असार ७, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै सक्रिय संक्रमितको संख्या ७९३ पुगेको छ । यसअघि नै १३४ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २३ पुरुष र २ महिला, कञ्चनपुरका १ पुरुष, अछामका २ पुरुष, बैतडीका १९ पुरुष र १ महिला, डडेल्धुराका ३० पुरुष र ९ महिला रहेका छन् । त्यसैगरी डोटीका ५९ पुरुष र १३ महिला र बझाङ्गका २ पुरुष गरी जम्मा १६१ जना रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

हालसम्म अछाममा ६०, बैतडीमा १४१, बझाङ्गमा १८, बाजुरामा ६९, डडेल्धुरामा १७०, दार्चुलामा १२, डोटीमा १२९, कैलालीमा २३६, कञ्चनपुरमा ९६ गरी ९३१ संक्रमित भेटिएका छन् ।

यो प्रदेशमा हालसम्म १०४७३ जनाको पिसिआर विधिवाट जाँच गरिएकामध्ये ९५४२ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ५४९५ जनाको रिपोर्ट आउन बाँकी छ । पोजिटभ संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ५६ र संक्रमित १११ गरी १६७ जनाको उपचार भइरहेको छ । ४५३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुरमा २६, महाकालीमा ३५, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।

आरडिटी बिधिवाट ८९५१७ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २८ हजार १६२ पुरुष र ६ हजार ६५४ महिला रहेका छन् ।

रातोपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved