एकेन्द्र चन्द,डोटी । डोटीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ दहकालीकाका २७ वर्षीय बाटु देवी बागको मृत्यु भएको हो ।
शनिबार घर नजिकैको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय मिलन नेपालीले जानकारी दिए । मृतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदै छ ।
घर नजिकै को सार्बजनिक धारामा स्थानीय सुर्ज किमाडीले धारा प्रयोग गर्न नदिने हेतुले धाराको जिआइ पाइप संग छुइनेगरी करेन्ट प्रबाह गरेकोले करेण्ट लागेको मृतकका आफन्तको बताए ।
धाराको पाइपमा करेण्ट फिट गरेको आरोपमा किमाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved