वैवाहिक अंगीकृत नागरिकताकालागि नेकपाले गरेको निर्णय स्वागत योग्य-कमल थापा

  • असार ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे प्रवधान ठीक रहेको बताएका छन्। भारतको उदाहरण दिँदै अध्यक्ष थापाले नेपालमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान ७ वर्ष राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक भएको बताएका हुन्। शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपालीसँग विवाह गरेर आउने महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले नेकपाको निर्णयको बचाऊ गरिरहेका बेला अध्यक्ष थापा भने ७ वर्षे प्रावधानका पक्षमा उभिएका छन्।

उनले सामाजीम संजालमा ट्विट गर्दै  भनेका छन् , "भारतले ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने गरेको भन्दै विरोध गर्नेहरुलाई ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? भनेर प्रश्न समेत गरेका छन्। उनले लेखेका छन्, १अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७बर्ष पर्खनुपर्छ।३करोड जनसंख्या हुने नेपालले ७बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ।के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।,"

अध्यक्ष थापाले यो पनि भनेका छन् कि, "३जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदानगर्ने नागरिकता ऐन ०६३को व्यवस्था अनुरुप दशौं लाख बिदेशीले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्। न्यायिक आयोग गठनगरि यसवारे छानविनगर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्दगर्न राप्रपाले ०६४ सालदेखि मागगर्दै आएको छ ।,"

उनले भनेका छन्," श्री ५ बिरेन्द्रले लालमोहर लगाउन अस्विकारगरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहरगरेको राष्ट्रहित विपरितको नागरिकता ऐन ०६३लाई आन्दोलनको रापतापमा लागुगरि दशौंलाख बिदेशीलाई नेपाली नागरिकता वितरण गरेको तथ्य सर्वविदित छ। अहिले सोहि ऐनको व्यवस्था विउंत्याउने कंग्रेसको प्रयास आपत्तिजनक छ ।,"

kama

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved