भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु

  • मंसिर ९, २०७६
  • कालापानी मिडिया
alt

भोजपुर,
गणेश विष्ट ।
भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेको वनलाई व्यवस्थापनसंगै आयमुलक वनाउने उद्धेश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापनको कार्य थालनी गर्न लागेको हो ।

तराईका जिल्लाहरुमा यस्तो तरिकाले वन व्यवस्थापन भइरहेको भएपनि भोजपुरमा भने पहिलो पटक शुरु गर्न लागिएको हो । वनलाई दिगो व्यवस्थापनसंगै वन उपभोक्तामा आयआर्जन जोड्ने कार्यक्रमको थालनी गरिएको हो । जसका विषयमा जानकारी दिने लक्ष्यको साथ अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ । धेरै सामुदायिक वनहरुमा रहेको काठपात जंगलमा सडेर गएको अवस्थामा वैज्ञानिक वन व्यवस्थापनले वनको संरक्षणसंगै आयआर्जनमा समेत टेवा पुग्ने देखिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत जंगलमा रहेका बुढा तथा सडेका काठहरुलाई हटाउने तथा त्यस्ता ठाउँमा नयाँ नर्सरी गर्ने लगाएतका कार्य हुने कार्यक्रम मार्फत जानकारी दिईएको छ । त्यसले वनलाई भावी पुस्ता सम्म पु¥याउन सहयोग हुने वताईएको छ । तर सरोकारवाला पक्षले भने यो कार्य रामो भएपनि व्यवस्थापनका नाममा काठ तस्करी पनि वढ्ने भन्दै त्यस तर्फ उपभोक्ता सजग तथा अग्रसर हुने पर्ने बताएका छन् । 


कार्यक्रम शुरु गर्दा यसको महत्व तथा विषेशताको विषयमा स्थानीय स्तर सम्म जानकारी दिन आवश्यक रहेको देखिएको छ । जिल्लामा ५ सय बढी सामुदायिक वन रहेको भएपनि आयमुलक हुन नसकेको ठहर छ । यसलाई उचित ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको छ । यसलाई सरोकारकावाला पक्षसंग छलफल गरेर काम गर्न आवश्यक रहेको बताइएको छ ।

भोजपुरको अरुण गाउँपालिकाम रहेको बन्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ भने अन्य तीन ओटा वनहरु छनौट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved