चितवन । चितवनमा आज (सोमबार) थप ५ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको छ ।
जसमध्ये माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् । भरतपुर-१९ कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
माडी नगरपालिका वडा नंं.२, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु रहेका छन् । भने भरतपुर महानगरपालिका वडा नं।२८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै चितवनमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved