कांग्रेसद्धारा प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध

  • असार ८, २०७७
  • कालापानी मिडिया
alt

मोरङ । कांग्रेसले सोमबार प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । संघीय सरकारले काठमाडौं बाहिरका बासिन्दालाई काठमाडौं प्रवेशका लागि अनुमतिको व्यवस्था गरेर नाकाबन्दी गरेको र कोरोना भाइरस नियन्त्रणका लागि भएको खर्च प्रदेश सभामा सार्वजनिक नगरेको विरोधमा बैठक अवरुद्ध गरेको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि एक जनालाई ५ मिनेटभित्र आफ्ना कुरा राख्न समय दिइएको थियो ।

उक्त समयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंबाहिर बसेकालाई अनुमति लिएर मात्र प्रवेश गर्न पाउने लगायतका कुराले सर्वसधारणलाई विभेद भइरहँदा पनि प्रदेश सरकार मौन बसेकाले सभा अवरुद्ध गर्न बाध्य भएको बताए ।

‘कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको खर्च पटकपटक प्रदेश सभा सार्वजनिक गर्न माग गर्दासमेत मुख्यमन्त्री शेरधन राईले किन गर्न चाहेनन् रु’, उनले भने, ‘सार्वजनिक यातायात चलाउने यातायात व्यवसायी र मजदुरको पीडा प्रदेश सरकारले बोल्ने कि नबोल्ने ?

चालु बजेट अधिवेशनमा प्रदेशको नामकरण गर्ने विषयमा प्रदेश सभाका ठूला दलका नेताले सार्वजनिक धारणा राख्नुपर्ने उनले माग गरे ।  यी लगायतका जनताका समस्याको विषयमा प्रदेश सरकारले नबोलेसम्म प्रदेश सभामा अवरोध गरिरहने कार्कीले बताए । सभामुख भण्डारीले पुनस् बैठक सञ्चालन गर्न खोज्दा पनि कांग्रेसले उठेर विरोध जनाइरहेपछि १० मिनेटका लागि बैठक स्थगित गरेको थियो ।

सभामुख भण्डारीले सदनमा उठेका प्रश्नको बारेमा सरकारलाई ध्यानाकर्षण भइसकेको र मंगलबार जवाफ आउने जानकारी गराए पनि प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका कारण मंगलबार १ बजेसम्मका लागि सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved