प्रदेश दुईमा स्वास्थ्य बिमा प्रभावकारी भएन

  • मंसिर ९, २०७६
  • कालापानी मिडिया
alt

धनुषा,
दिपक कर्ण
सरकारको महत्वकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश २ मा प्रभावकारी हुन सकेको छैन् । प्रदेश दुईमा अहिलेसम्म करिव डेढ प्रतिशत नागरिक मात्रै स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम संग सम्झौता गरेर पनि विमा कार्यक्रममा कुनै चासो नदेखाएका अस्पतालहरुको लापबार्हिका कारण बिमा कार्यक्रम प्रभावकारी नभएको देखीएको हो ।

प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये ५७ हजार ७ सय ९९ जनाले मात्र अहिलेसम्म स्वास्थ्य बिमा गराएको तथ्यांक छ । अस्पताल र स्वास्थ्य चौकीहरुले बदमासी गरेपछि स्वास्थ्य विमा गरेकाहरु निःशुल्क औषधी पाउनबाट वञ्चित भएका हुन् । २०७४ माघ २५ गतेदेखि महोत्तरीबाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम अहिले प्रदेश २ का ५ वटा जिल्लामा विस्तार भइसकेको छ । सप्तरीमा विमा वोर्डको कार्यालय सञ्चालन गर्ने तयारी सुरु भइरहेको छ । त्यस्तै बारा र सर्लाहीमा यस आर्थिक वर्ष भित्र स्वास्थ्य विमा कार्यक्रम सुचारु गरिने भएको छ । रौतहटमा २०७४ चैत २२ गते ,पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते र सिरहामा २०७५ फाल्गुन २ गतेदेखि सञ्चालनमा ल्याईएको स्वास्थ्य विमा कार्यक्रम अहिलेसम्म प्रभावकारी बनेन । प्रदेश २ का ४० वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासंग सम्झौता गरेर सुचारु गरिएको स्वास्थ्य विमा कार्यक्रम स्वास्थ्य संस्थाहरुको फार्मेसीमा औषधी अभावको समस्या हुनाले पनि प्रभावकारी बन्न नसकेको आँकलन गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामले कार्तिक २४ गतेसम्म २ हजार १ सय ७८ जनालाई सेवा दिएको वोर्डको तथ्यांकमा उल्लेख छ । यो संख्या तुलनात्मक रुपमा कम हो ।

नीजि स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आखां अस्पतालहरुले राम्रो सेवा दिदैं आएको भएपनि आरएन केडिया आंखा अस्पताल पर्सा,गौर आंखा अस्पताल रौतहट,किरण आंखा अस्पताल पर्सा,सगरमाथा चौधरी आँखा अस्पताल सिरहा,जानकी आंखा अस्पताल जनकपुरधाम लगायत निजी अस्पतालले विमितहरुलाई भरपर्दो सेवा प्रदान गरेपनि शुभ स्वस्तिक अस्पताल महोत्तरी, नेशनल मेडीकल कलेज पर्सा, सप्तऋषी अस्पताल सिरहा लगायतका अस्पतालले सम्झौता गरेर पनि स्वास्थ्य विमा कार्यक्रममा कुनै चासो देखाएको छैन । यता विमा गराउन जाने विमितहरुले समेत स्वास्थ्य विमा कार्यक्रमप्रति गुनासो गरेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ४९ वटा जिल्लामा सुरु भइसकेको छ । तर स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागीता भने उत्साहजनक देखिएको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved