गण्डकी प्रदेशमा थपिए ७३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५९३ पुग्यो

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे, कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जनाामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ५९३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँको विभिन्न गाउँपालिकामा एक महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोखरामा ११ जना, लमजुङमा ५ जना, पर्वतमा १ जना, नवलपुरमा १ जना र पोखरामा १ जना गरि गण्डकीमा ८ जिल्लामा कोरोना देखिएको हो ।लमजुङको बेसिसहरकी २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने पोखरामा संक्रमित हुने ४५ वर्षीय पुरुष छन् ।

गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

2 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved