क्वारेन्टाइनबाट संक्रमित फरार, स्थानिय समाजमा खैलाबैला

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

मनोज माझी,सप्तरी । अस्तव्यस्त तथा कमजोर सुरक्षा व्यवस्थाको फायदा उठाउँदै क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढेको छ । पछिल्लो पटक सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित विपि स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट २४ वर्षिय एक संक्रमित फरार भएका छन् ।

फरार संक्रमित यूवाको सोमबारै दिउँसो धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त स्वाब परिक्षण रिपोर्टले कोरोना पोजेटिभ देखाएको थियो । उनलाई आइसोलेशनमा लैजाने तयारी गर्दै गरेको बेला विद्यालयको पछाडी पट्टी रहेको पर्खाल नाघेर भागेको क्वारेन्टाइनका स्वास्थ्य इन्चार्ज रामदेव यादवले बताए ।

पानी पर्दै थियो, रोकिएपछि उनलाई लिएर राजविराजस्थित साईकृष्ण अस्पतालको आइसोलेशनमा लैजाने तयारी थियो स्वास्थ्य इन्चार्ज यादवले भने, “तर वर्षाको मौका छोपी हाम्रो आँखा छल्दै उनी विद्यालयको पछाडी पट्टी रहेको पर्खाल नाघेर भागे ।” उनी भागे लगत्तै इलाका प्रहरी कार्यालय भारदह तथा सम्बन्धित निकायलाई जानकारी गराएको उनको भनाई छ । क्वारेन्टाइनबाट भागेका ती यूवा हनुमाननगर कंकालिनी नगरपालिका १ का बासिन्दा रहेको र उनको घर तथा आफन्तमा खोजतलास कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसरी भागेका मध्ये दुई जना स्थानियवासी र प्रहरीको सहयोगमा पुनः क्वारेन्टाइनमा पठाइएपनि दुई जनालाई भने प्रहरी अझै फेला पार्न सकेको छैन् । तीन दिन अघि मात्र राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रबाट एक गर्भवति महिला भागेकी थिइन् । उनको अवस्था अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् ।

यस्तै सोही केन्द्रबाट एक साताअघि एक १८ वर्षिय यूवा पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेका थिए । बैशाख २९ गते डाक्नेश्वरी नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रबाट पनि एक जना आंशकित पिसिआर रिपोर्ट नआउँदै भागेका थिए । यता क्वारेन्टाइनबाट आसंकित र संक्रमित भाग्ने क्रम बढेपिछ स्थानिय समाजमा खैलाबैला मच्चिएको छ ।

स्थानियवासीले क्वारेन्टाइनबाट भागेकाहरुलाई अविलम्ब खोजतलास गरि क्वारेन्टाइन र आइसोलेशनमा पठाउन तथा क्वारेन्टाइनहरुको व्यवस्थापन र सुरक्षा व्यबस्था चुस्तदुरुस्त बनाउनु पर्ने माँग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved