कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको संख्या २ हजार २ सय २४ पुग्यो

  • असार १०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भइ विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट थप ७६ जना व्यक्ति कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। मंगलबार ८ महिला र ६८ पुरुष संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन्।

पछिल्लो २४ घण्टामा गोठगाउँ आइसोलेसन झापाबाट एक जना, कोशी अस्पतालबाट झापाका एक महिला सहित ४ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १, उदयपुरका १ महिला र ३ पुरुष, मोरङका १४ पुरुष, रामेछाप अस्पतालबाट १३ पुरुष, मोरङबाट १४ जना, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट २ महिला र ३ पुरुष निको भई डिस्चार्ज भएका छन्।

त्यसैगरी, गण्डकी अस्पतालबाट पर्साका २ महिला र ९ पुरुष, कोभिड-१९ कमाण्ड अस्पताल बलम्बुबाट नवलपरासीका १ महिला, बेनी अस्पताल म्याग्दीबाट २ पुरुष, धौलागिरी अस्पताल बाग्लुङबाट ३ पुरुष स्याङजाबाट ३ जना पुरुष, गोरखा अस्पतालबाट ७ पुरुष,जिपी कोइराला शुक्ला गण्डकी तनहुँबाट २, ह्याम्स अस्पतालबाट कास्कीका १ पुरुष, कालिका अस्पताल अस्पताल भिरकोटबाट स्याङजाका १ पुरुष, पाटन अस्पतालबाट लमजुङका १ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङजाका १ महिला र कास्कीका ३ पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved