बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पुनः शीर्ष स्थानमा

पछिल्लो खेलमा एथ्लेटिको बिल्बाओ १-० गोल अन्तरले पराजित

  • असार १०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पुनः शीर्ष स्थानमा फर्किएको छ । गएराति एट्लेटिको बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो ।

ईभान राकिटिचको गोलमा बार्सिलोना महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो । ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे ।

योसंगै स्पेनिस लिगको यो सिजन मेस्सीले १५ औं गोलको अवसर सिर्जना गर्न सफल रहे । उनी आफै करियरको ७ सर्यौ गोल पुरा गर्न एक गोलको खोजिमा छन् । तर बिल्बाओबिरुद्धको खेलमा मेस्सीले सो गोल भेट्टाउन सकेनन् ।

रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ । तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ । राकिटिचले सिजनको पहिलो गोल गर्न सफल रहे ।

शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved