दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) नदी आधा थुनिन पुगेको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने उच्च जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
नदीको बहाव प्रभावित बनेपछि तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन्। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले अपिहिमाल, मार्मा, र लेकम गाउँपालिकाका साथै शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सुरक्षा निकाय र सम्बन्धित सम्पूर्ण निकायहरूलाई उच्च अलर्टमा राखेको छ। नदी किनारका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन र सतर्क रहन सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved