७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि रु ५० लाख सहयोग

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि रु ५० लाख सहयोग प्राप्त भएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई रु ५० लाखको चेक हस्तान्तरण गरेका हुन्।

मूर्ति निर्माणका लागि रु एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धताअनुसार तत्काल रु ५० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विष्टले बताए। प्रतिबद्धताअनुसारको बाँकी रकमसमेत केही महिनाभित्रै उपलब्ध गराइने उनले बताए।

मूर्ति निर्माणका लागि लागि भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का लिई निर्माण कार्य शुरु गरेको छ। महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेची-काली भ्रमण गरी मूर्ति निर्माणका लागि धातु सङ्कलन गरेका छन्। मूर्ति निर्माणका लागि सुन, चाँदी पितल, तामालगायत धातु सङ्कलन गरिएका छन्।

मूर्ति निर्माणका लागि भ्रमणका क्रममा उनले रु एक करोड, ८४ लाख, ७२ हजार चार रकम सङ्कलन गरेका थिए। मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ। तीन वर्षभित्र मूर्ति निर्माणको कार्य पूरा हुने बताइएको छ। अष्टधातुको नेपाल आमाको ७५ फिटको मूर्ति बनेपछि देश विदेशका पर्यटक यसको दर्शनका लागि पुग्ने भएकाले यस क्षेत्रको महिमा बढ्ने भएको छ। तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ।

नेपाली पत्रिका

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved