इलाममा बम बिस्पोट हुँदा एक जना घाइते

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

इलाम। इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन्। बिहीबार राती देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्धन्दकालका समय देखि लुकाई राखेको सकेट बम उनका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो।

उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए।

तत्कालिन बिद्रोही माओवादी र सेना बिच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाए पछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ।

घाईते मौषमलाई उपचारका लागि झापाको बीएण्सी अस्पताल लगिएको छ। काठमाण्डौंमा फर्निचरको काम गर्दै आएका मौषम लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved