बडिकेदार गाउपालिकाको निती तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द, डोटी । डोटीको बडिकेदार गाउपालिकाले स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाको ७औँ गाउँसभाले निती तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ ।

आर्थिक बर्ष ०७७/०७८ को निती तथा कार्यक्रममा पेश गरिएको कार्यक्रममा स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरेर ‘बेरोजगार युवाहरुलाई स्वरोजगार, श्रमशक्तीको ब्यबस्थापन’ कार्यक्रम संचालन गरिने भएको छ ।

कोरोना भाइसको कारणले गर्दा अस्त ब्यस्त बनेको स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता दियको गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले बताए ।

भारत लगायत अन्य मुलुक बाट गाउपालिका फर्कियका नागरिकलाइ कोरोना भाइरसको महामारीले गर्दा जागिर गुमायकालाई कृषि कार्यक्रम मार्फत बेरोजगारी समस्या समधान गरिने गाउपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा बाटले बताए ।

साथै बडिकेदार गाउपालिकाले कोरोना भाइरस संक्रमित नागरिकलाइ १५०० र संक्रमितको ज्यान गएमा पचास हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved