नमुना कलेजमा रक्तदान, ५४ पिन्ट रगत संकलन

  • मंसिर १०, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको इटहरी स्थित इटहरी नमुना कलेजले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा कलेजको सामाजीक विभागले रक्तदान कार्यक्रम गरेको हो । क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५४ जना रक्तदाताले रक्तदान गरेका छन ।

मौसम परिवर्तन संगै प्रदेश १ का जिल्लाहरूमा देखिएको रगत अभाव टार्न र महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कार्यक्रम मंगलबार कलेजका बिद्यार्थिहरूले रक्तदान गरेका हुन ।
गर्र्मी याम सकिएसंगै सुरू भएको जाडौ मौसमलाइ मध्यनजर गर्दै कोहि पनि रगत अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्येश्यले थोरै भएपनि रक्तदानबाट रगत संकलन गर्ने अभिप्रायले यो कार्यक्रम गरिएको इटहरी नमुना कलेज अन्तरगत सामाजिक कार्य बिभाग प्रमुख शैलेन्द्र राइले बताए । जाडो लागेसंगै विरामीहरुका लागि आवश्यक पर्ने रगत संकलन कम हुने गरेको भन्दै रक्तसंचार केन्द्रहरुले रक्तदान कार्यक्रम बढाउन आग्रह गर्दै आएका छन ।

प्रत्येक वर्ष बिभिन्न सामाजिक कार्यहरू गर्दै आएको कलेजले सामाजिक उत्तरदायि अन्तरगत मंगलबार एक दिन रक्तदान कार्यक्रम गरीएको कलेज प्रमुख तथा प्राचार्य धर्म न्यौपानेले बताए । कलेजको प्रांगणमा भएको रक्तदान कार्यक्रममा बिद्यार्थिहरूको प्रेसर पनि जाचिएको थियो ।

raktadan2

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved