अमेरिकामा कोरोना संक्रमित दुई करोड पुग्ने आशंका, टिकटकमार्फत् जागरुकता फैलाइदै

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ । सिडिसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान यो हो कि जब एकजना मात्रै कोरोनाका नयाँ संक्रमित देखिन्छ तब १० अन्य संक्रमित थपिन्छन् ।’ सिडिसीका अनुसार अमेरिकामा यो महामारीले युवावर्गलाई सर्वाधिक प्रभावित पारिरहेको छ । यद्यपि, यसको फाइदा यो हो कि यसले संक्रमित व्यक्तिको मृत्युको संख्यामा कमी आउन सक्छ ।

सिडिसीका संक्रामक रोग विशेषज्ञ डा। जय बटलरका अनुसार युवा संक्रमित हुनुको सबैभन्दा मुख्य कारण ज्येष्ठ नागरिकले झैं युवावर्गले सावधानी अपनाउँदैनन् ।

अमेरिकी सिडिसीले युवामा यसबारे जागरुकता बढाउनका लागि टिकटकजस्तो सोसल मिडिया प्लेटफर्मको प्रयोग गर्नेबारे विचार गरिरहेको जानकारी दिएको छ ।
स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved