चालु आर्थिक वर्षमा कैलालीको त्रिनगर नाकाभएर ५५ लाखको बेसार आयात

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा ५४ लाख ९३ हजारको बेसार भारतबाट आयात भएको हो।

बेसारबाट चालु आर्थिक बर्षमा ५ लाख २५ हजार राजश्व संकलन गरिएको भन्सार अधिकृत ईश्वरी अर्यालले जानकारी दिए। २४ हजार सात सय ४४ किलो बेसार आयात भएको उनले बताए।

कैलालीको त्रिनगर नाकाबाट चालु आर्थिक बर्षमा आयात भएको वेसार अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो। अघिल्लो आर्थिक बर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको बेसार आयात भएको थियो।

सुदूरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि निर्देशनालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved